Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ मंसिर २०८० । आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग टू को पहिलो खेल नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फागुनमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज हुने जानकारी दिएको छ। फागुन ५ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्नेछ।

यसअघि लिग टूको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो। सन् २०२७ सम्म चल्ने लिग टू को खेलमा नेपालले युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडासँग खेल्नेछ।

 

 

तपाईको प्रतिक्रिया