Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

रसुवा, १५ मंसिर २०८० । उत्तरी रसुवामा गए राति छोराले कुटपिट गरी बुबाको हत्या गरेका छन्। जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षीय बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। परीक्षणका लागि शव रसुवा अस्पताल पुर्‍याइएको र छोरालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया