Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

झापा, ११ मंसिर २०८० । झापाको कमलमा आफ्नै बुवालाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । कमल गाउँपालिका-४ का अन्दाजी ५० वर्षिय भोला कुमार तामाङलाई उनकै छोरा २३ वर्षिय आशिष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

बुवाको हत्या गरेपछि फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-४ दूध डेरी भन्ने स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया