एजेन्सी, ६ मंसिर २०८० । हमासद्वारा बन्धक बनाइएकाहरुको रिहाइका लागि हमास र इजरायल सहमति नजिक पुगेका छन् ।
बन्धकको रिहाइका लागि इजरायलले चार दिनका लागि युद्धविराम गर्ने र हमासले ५० जना बन्धक रिहा गर्ने विषयमा इजरायलमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धक रिहाइका लागि हमाससंग सम्झौता गरेपनि युद्ध भने जारी रहने प्रतिक्रिया दिनुभएको छ ।
सम्झौता अनुसार हमासले रिहा गर्ने बन्धकमा महिला र बालबालिकाले प्राथमिकता पाउने भएका छन् ।
यसको बदलामा इजरायलले १ सय ५० प्यालेष्टेनी कैदीहरु रिहा गर्नुपर्ने शर्त हमासले अघि सारेको छ ।
यसबीच इजरायली सेनाले गाजापट्टीको उत्तरी क्षेत्रमा रहेको जबलिया शहरलाई चारैतिरबाट घेरा हालेको छ ।
गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा ५ हजार बढी बालबालिकासहित १४ हजार बढी मानिसको ज्यान गइसकेको छ ।
एजेन्सी । हमासद्वारा बन्धक बनाइएकाहरुको रिहाइका लागि हमास र इजरायल सहमति नजिक पुगेका छन् ।
बन्धकको रिहाइका लागि इजरायलले चार दिनका लागि युद्धविराम गर्ने र हमासले ५० जना बन्धक रिहा गर्ने विषयमा इजरायलमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धक रिहाइका लागि हमाससंग सम्झौता गरेपनि युद्ध भने जारी रहने प्रतिक्रिया दिनुभएको छ । सम्झौता अनुसार हमासले रिहा गर्ने बन्धकमा महिला र बालबालिकाले प्राथमिकता पाउने भएका छन् ।
यसको बदलामा इजरायलले १ सय ५० प्यालेष्टेनी कैदीहरु रिहा गर्नुपर्ने शर्त हमासले अघि सारेको छ ।
यसबैीच इजरायली सेनाले गाजापट्टीको उत्तरी क्षेत्रमा रहेको जबलिया शहरलाई चारैतिरबाट घेरा हालेको छ ।
गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा ५ हजार बढी बालबालिकासहित १४ हजार बढी मानिसको ज्यान गइसकेको छ ।