Online Bichar
शनिबार, कार्तिक २२, २०८३ | Saturday, November 7, 2026

झापा, ६ मंसिर २०८० । झापाको दमकमा हात्तीले किचेर एक जनाको मृत्यु भएको छ । मंगलबार राती दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर नं. B2 हट नं. २५२ बस्ने ७२ वर्षिय पदम लाल तामाङको मृत्यु भएको हो ।

तामाङ सोहि ठाउँको वडा नं. ३ स्थित हम्से दुम्से सामुदायिक वन भित्र साईकल लिई दाउरा काट्न गएका थिए । बेलुका सम्म घर फर्की नआएकोले आफन्तले खोज तलास गर्दै जाँदा उक्त वन भित्र जंगली हात्तीले किचेर मारी तामाङ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले सोही राति १०ः५५ बजेको समयमा कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया