Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, ३ मंसिर २०८० । प्रत्येक वर्ष झैं यस वर्ष पनि झापाको गौरादहमा छठ पुजा गरिन लागिएको छ । व्रतविधि सुरु गरेका व्रतालुले आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन् । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत पूरा हुन्छ । छठ पुजाका लागि भक्तजनहरुले गौरादह नगरपालिका-१ स्थित खोना शाहको पोखरीका घाट सजाएर सम्पूर्ण तयारी पुरा गरेका छन्। घाटमा जाग्राम बस्नका लागि घाट नजिक टेन्ट पालहरु लगाएर सजिसजाउ पारिएको छ । व्रतालुहरु आफू पनि सजिसजाउ भई पूर्ण रुपमा शुद्धताका साथ ठेकुवा, भुसुवा, खाजा र पुरी लगायतका सम्पूर्ण पुजाका सामग्रीहरु तयार पारेर घाटमा लगि पूजा गर्ने तयारी गर्दैछन् ।

छठ पर्व निकै कठिन पर्व मानिन्छ । मूख्य गरि चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि व्रत बसी राती ‘खीर पुरी बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै आजको दिन ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । सन्तान प्राप्तिका लागि, परीवारको स्वास्थ्यका लागि, कसैले आफ्नो मनोकामना पुरा होस भन्ने हेतुले भाकल गरि पनि यो पर्वको कठोर व्रत बस्ने गर्दछन् ।

यस्तै, गौरादह-१ कि आँचल मण्डलकि आमाले छठ पर्वको व्रत बस्दै आउनुभएको बताउनुहुँदै छठ पर्वको व्रत वस्दा लक्ष्मी पुजा अघि देखि नै मासु माछा खान छोडेको बताउनुभयो । छठ पूजाका लागि मूख्य गरि ४ दिन सम्म विभिन्न विधि अपनाउँदै पहिलो दिन शुक्रबार नहाय खाय विधि अर्थात नुहाएर चोखो भई लौका भात खाएको बताउनुभयो । यस्तै, दोस्रो दिन शनिबार खरना विधि अर्थात दिनभर व्रत बसेर बेलुका सखरमा हालेर खिर पकाएर देउतालाई चढाएर राती कसैले नदेखी कसैको आवाज नसुन्ने गरि खिर खाएर खरना विधि गरेको बताउनुभयो ।

आज (आईतबार) दिनभर भोकै पानी पनि नखाई व्रत बस्ने र आफुले तयार पारेका पुजाका सामग्रीहरु ठेकुवा, भुसुवा, खाजा, स्याउ, केरा, उखु लगायतका सामग्रीहरु घाटमा लगेर पुजा गरी साझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र घर आएर पूजा गर्ने भजन गाउने जाग्राम बस्ने र भोलि बिहान सोहि पूजाका सामग्रीहरु घाटमा लगी पूजा गरेर उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने बताउनुभयो । व्रतालुका अनुसार आफूले छठ पर्वको व्रत आफ्नो परीवार र आफ्नो स्वास्थ्यको कामना गर्दै बसेको बताउँदै कतिले भाकल पुरा होस भन्दै छठको व्रत बस्दै आएको बताएका छन् ।आफूले जे चितायो भगवानले पुरा गर्दै आएको विश्वासले पनि आफूले यति कठोर बस्दै आएको उनिहरुले बताएका छन् ।

यस्तै, यस पर्वमा भक्तालुजनहरु घाटमा नै जाग्राम बस्ने, भजन र्कितन, नाँचगान गर्ने लगायतका क्रियाकलाप पनि गर्दै आएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया