Online Bichar
बिहिबार, साउन ०३, २०८१ | Thursday, July 18, 2024

झापा, ३० कार्तिक २०८० । तिहारका बेला झापामा ८ वटा सवारी दुर्घटना भएका छन् । जसमा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कात्तिक २५ गते काग तिहारका दिनदेखि कात्तिक २९ गते भाइटीकासम्म जिल्लाभर ८ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । यस वर्षको तिहारमा २३७ वटा सवारीसाधनमाथि कारबाही हुँदा १ लाख ७६ हजार ५०० रुपैयाँ राजश्व असुली भएको कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षको तिहारको तुलनामा यस वर्ष ट्राफिक व्यवस्थापनमा सुधार देखिएको प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उनले गत वर्षको तुलनामा यस वर्षको तिहारमा दुर्घटना र घाइते सङ्ख्या घटेको बताउँदै ट्राफिक व्यवस्थापनकै कारण कारबाहीसँगै राजश्वमा समेत निकै कमी आएको जानकारी दिए ।

अघिल्लो वर्षको तिहारमा १६ वटा दुर्घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए । त्यस्तै ४८५ वटा सवारीसाधन कारबाही पर्दा ३ लाख २९ हजार रुपैयाँ राजश्व असुली भएको थियो ।

 

तपाईको प्रतिक्रिया