Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

झापा, १८ कार्तिक २०८० । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३३ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान १०ः३० बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ गरी १३३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जाजकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ ।

जाजरकोटका घाइतेहरु मध्ये ३३ जनाको त्यहीको अस्पतालमा उपचाररत रहेका छन् भने, २२ जनाको थप उपचारका लागि सुर्खेत रिफर गरिएको जनाइएको छ । यस्तै, रुकुम पश्चिमका घाइतेहरु मध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत रहेका छन् भने, १५ जनाको थप उपचारको लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको जनाइएको छ । अन्यको उद्धार कार्य जारी छ ।

तपाईको प्रतिक्रिया