Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

झापा, १८ कार्तिक २०८० । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भइ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जाजकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ । क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया