Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ९ कार्तिक २०८० । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जना विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ ।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभएको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ । बाँकी पाँचजनाको शव ल्याउन पनि सम्बद्ध नातेदारको डीएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया