Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ७ असोज २०८० । असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरुले शनिबार पनि काठमाडौंमा बिरोध प्रदर्शन गरेका थिए । सरकारसँग ६ बुँदे सहमतिपछि शिक्ष्क महासंघले शुक्रबार रातिदेखिनै आन्दोलनको कार्यक्रम फिर्ता लिएको थियो । तर सरकार र महासंघबीचको सहमतिमा आफ्ना मागहरुप्रति बेवास्ता गरिएको भन्दै राहत शिक्षकले भने आन्लोलनलाई निरन्तरता दिएका छन् ।

आफ्ना मागहरु पूरा नभएसम्म विद्यालय नफर्कने र आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

 

तपाईको प्रतिक्रिया