Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

काठमाडौँ, ६ असोज २०८० । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भएका हुन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

पदाधिकारीमा सचिव र खुला सदस्य तथा प्रदेश सदस्यका लागि निर्वाचन भएको हो ।

 

तपाईको प्रतिक्रिया