Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ५ असोज २०८० । नेपाल क्रिकेट संघको क्यानको साधारण सभामा झापा जिल्ला क्रिकेट संघबाट दुई प्रतिनिधि आएपछि विवाद भएको छ । झापा जिल्ला क्रिकेट संघबाट मनोज कटुवाल र लाक्पा लामा फरक फरक माइन्युटसहित प्रतिनिधि बनेर आएका छन् ।

दुवै पक्षले आफू आधिकारिक प्रतिनिधि भएको दाबी गरेपछि विवाद भएको हो । यो विवादका कारण साधारणसभामा लेखा परीक्षण प्रतिवेदनसमेत पेश हुन सकेको छैन ।

बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । जसका लागि भोलि शनिबार बिहान ८ बजेबाट चुनावी प्रक्रिया सुरु गर्ने तयारी छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

तपाईको प्रतिक्रिया