Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३ असोज २०८० । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दा देशभरका हजारौं शिक्षकहरुको सहभागिता रह्यो । विद्यार्थीलाई शिक्षा प्रदान गर्ने मुख्य निकायनै आन्दोलनमा होमिएपछी देशभरका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित हुने निश्चित छ ।

देशभरबाट राजधानी आइपुगेका हजारौं शिक्षकहरुको भेलाले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्मको सडक भरिभराउ भयो । सरकारको कदमको विरोध गर्दै माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म पुगेको आन्दोलित शिक्षकहरुले सडकको दुवै किनारमा आवातजावत बन्द गरी गरेको आन्दोनलनले देशको यातायात व्यव्स्था समेत अस्तव्यवस्त बन्न पुग्यो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रेका हजारौं शिक्षकहरुले सरकारविरुद्ध चर्को नारा लगाउँदै गरेको आन्दोलनमा सहभागी शिक्षकहरुको संख्याले यसअघी गुठी विधेयक विरुद्ध गरिएको विरोधको झल्को दिएको छ ।

नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनमा सहभागी हुन देशभरबाट आएका शिक्षकहरुको हात हातमा आफना मागसहितको प्लेकार्ड अनि सरकारविरुद्ध चर्को नारा । उनीहरुको सबैको एउटै आवाज थियो विद्यालय शिक्षा विधेयक खारेज गर, योगदानमा आधारित पेन्सन चाहिन्न, साविककै पेन्सन कायम गर । विभिन्न १८ बुँदे असहमतिसंगै सरकारलाई घच्घच्याउन राजधानीमा भेला भएका उनीहरुले यसरी असन्तुष्टी पोखेका छन् । शिक्षा विधेकप्रति विरोध गर्दै शिक्षकले सरकारले विभेद गरेको बताउछन् ।

शिक्षा क्षेत्रमा अनियमितता भएको भन्दै सरकारसँग पटकपटक वार्ता गर्दा पनि सुनुवाई नभएपछी आन्दोलनको बाटो रोजेको उनीहरुले शिक्षकहरुको सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने सहितका माग रहेकोमा माग पुरा नभएसम्म आन्दोलन नरोकिने जनाएको महासंघले देशका ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका माग राखेका छन् । जे होस शिक्षक आन्दोलनका कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुने निश्चित छ ।ईमेजखबरबाट

तपाईको प्रतिक्रिया