Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

जेबि खड्का
गौरादह, ३ असोज २०८० । गौरादह नगरपालिका वडा नं.८ को जुरोपानीमा टोल बिकास स्तरीय क्रिकेट प्रतियोगिता संचालन भएको छ। अरुणोदय आधारभूत बिद्यालयको खेल मैदानमा संचालन भएको क्रिकेट खेलमा वडा नं.८ भित्र रेहेका ९ वटा टोल बिकास संस्थाले सहभागीता जनाएका छन।

जुरोपानीमा क्रिकेट खेल संचालन गर्न बिदेशमा रहेका स्थानीय बासिहरु रुद्र राजवंशी, नवेद हुसेन, शिवा महत्तो, मोहन दाहाल, संजिब घिमिरेले आर्थिक सहयोग गरेका थिए। स्थानीय राजु हुसेन र सुवास घिमिरेले पनि आर्थिक सहयोग गरेका थिए। खेलको उद्घाटन सत्रमा झापा क्षेत्र नं ६ का संबिधान सभा सदस्य दिपक कार्कीले खेलको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै कार्कीले अनुशासित र मर्यादित बनाउन सहयोग गर्ने खेलमा युवाहरुमा उत्साह थपिएको बताएका थिए।जुरोपानी क्रिकेट टिमले आयोजना गरेको खेल १३ गते फाइनल खेल हुने आयोजकका संयोजक राजु हुसनले जानकारी गराएका छन।

क्रिकेट खेलमा बिजेता टिमले १३ हजार उप बिजेताले ७ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र दिइने आयोजकका सचिब सुवास घिमिरेले जानकारी गराएका छन। खेलको पहिलो दिन जुरोपानी र पक्की भिट्टा टोल बिकास दोस्रो खेल शान्ति टोल र प्रगति टोल बिकास संस्था बिच भएको छ। जुरोपानी र पक्की भिट्टा बिच भएको खेलमा जुरोपानी टोल बिकास समिति बिजय भएको छ। जुरोपानी टोल बिकास समिति २ रनले बिजय भएको छ। दोस्रो खेलमा प्रगति टोल बिकास संस्था बिजय भएको छ।जुरोपानी क्रिकेट टिमका संयोजक राजु हुसेनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गौरादह नगरपालिका मेयर छत्रपति सुवेदीले नगरपालिका भित्र रहेका युवाहरुलाई खेल क्षेत्रमा बिकास गराउने स्थानीय सरकारको लक्ष्य रहेको बताएका थिए। कार्यक्रममा उप मेयर जलबर्षा राजवंशीले शुभकामना मन्तब्य राखेकी थिइन। नेकपा एमाले पुर्ब वडा सचिब नगेन्द्र के।शि। ले स्वागत मन्तब्य राखेको कार्यक्रममा आयोजकका सचिब सुवास घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया