Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ३१ भदौ २०८० । रुखमा चढेर घाँस काट्ने क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका-८ स्थित रत्नचौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वृद्ध तामाङ आज बिहान साढे ७ बजेतिर घरनजिकको ४० फुट अग्लो खरीको रुखमा बाख्राका लागि घाँस काट्न चढेका थिए ।

घाँस काट्दै गर्दा उनी एक्कासि बेहोस भई रुखको हाँगाको कापमा अड्किएका थिए । रुखमुनि बसेर श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए । तामाङ रुखमा अड्किएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

रुखमा चढेर निकाल्न सक्ने अवस्था नदेखेपछि जेसिबीको सहायताले तामाङलाई निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया