Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३१ भदौ २०८० । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

हरेक महिना निक्षेप र कर्जाको ब्याजदर प्रकाशित गर्नुपर्ने नियम अनुसार बैंकहरुले ब्याजदर सार्वजनिक गरेका हुन । नयाँ ब्याजदर अनुसार आधा भन्दा बढी बैंकहरुले ब्याजदर बढाएका छन् भने अन्यले ब्याजदर घटाएका छन् ।

ब्यादर सार्वजनिक गरेका १७ वटा वाणिज्य बैंकहरु मध्ये सात वटाले ब्याजदर बढाउँदा ६ वटाले भने घटाएका छन् भने चार वटाले भदै महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर बढाउने बैंकहरुमा हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंक रहेका छन् ।

सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक छ । यी दुई बैंकले क्रमशः १ दशमलव ६४ र १ दशमलव ५४ प्रतिशत ब्याजदर बढाएर अधिकतम ब्याजदर ११ दशमव ५४ प्रतिशत पुर्‍याएका छन् ।

ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले भने ब्याजदर घटाएका छन् । प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ कै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिने भएका छन् ।

 

तपाईको प्रतिक्रिया