Online Bichar
आइतबार, आषाढ १०, २०८१ | Sunday, June 23, 2024

एजेन्सी, ३१ भदौ २०८० । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

ब्राजिलको अमेजोन्स राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दुरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

१४ जना सवार सानो आकारको विमान दुर्घटनामा चालक दलका दुइ सदश्य र १२ यात्रु गरी १४ जनाको मृत्यु भएको हो ।

दुर्घटनाका कारण बिमान टुक्रा टुक्रा भएको समाचारमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया