Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौं, ३१ भदौ २०८० । इंग्लीश प्रिमियर लिग फुटबलमा ब्राइटनले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ ।

म्यान्चेस्टर युनाइटेडको मैदानमा शनिबार राति भएको खेलमा ब्राइटनलाई विजयी गराउन ड्यानी वेलबेक, पास्कल ग्रोस र हुँवा पेड्राले एक एक गोल गरे । म्यान्चेस्टर युनाइटेडका हानिबल मेज्ब्रीले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हरायो । सिटीको लागि जेरेमी डोकु, बर्नार्डो सिल्भा र अर्लीङ ब्रट हाल्याण्डले एक एक गोल गर्दा वेष्ट ह्यामका जेम्स वार्ड प्रौजले एक गोल गरेका थिए ।

शनिबार राति नै लिभरपुलले वुल्भरह्याम्प्टन वान्डरर्सलाई ३–१ ले हरायो । वुल्भरह्याम्प्टनका ह्वाङ हि चानले पहिलो गोल गरेको खेलमा लिभरपुलका कोडी गाक्पो र रोबर्टसनले एक एक गोल गरे । अन्तिम मिनेटमा वुल्भरह्याम्प्टनका बुएनोले एक आत्माघाति गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो ।

प्रिमियर लिगका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले शेफिल्ड युनाइटेडलाई २–१ ले हराउँदा न्युकासल युनाइटेडले ब्रेन्टफोर्डलाई १–० ले, फुल्हमले लुटन टाउनलाई १–० ले तथा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरे ।

 

तपाईको प्रतिक्रिया