Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं, ३१ भदौ २०८० । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४ जनाको नामावली राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाएको छ ।

कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पठाएको हो ।

राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको गृहमन्त्रालयले स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा अधिकांश ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेको बुझिएको छ ।

गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।

 

तपाईको प्रतिक्रिया