Online Bichar
बुधबार, आश्विन २३, २०८१ | Wednesday, October 9, 2024

जेबि खड्का
गौरादह, ३० भदौ २०८० । कन्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले सेवा केन्द्र संचालन भएका स्थानहरुमा ईकाइगत साधारणसभा सम्पन्न गरि प्रधान कार्यलयको सभा हल दमकमा साधारणसभा सम्पन्न गरेको हो। दमक नगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि राम थापाले साधारणसभाको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै प्रमुख अतिथि थापाले मुलुकको बिकास र नागरिकको आर्थिक उन्नतिमा सहकारी संस्थाहरुले पुर्याएको योगदानको चर्चा गरेका थिए।

बार्षिक साधारणसभाका अवसरमा संस्थाका प्रधान कार्यलय र सेवा केन्द्रमा उत्कृष्ट काम गरेका कर्मचारीहरुलाई पुरस्कार बितरण गरिएको थियो। सेयर सदस्यका छोरा छोरी मध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने उन्नति संग्रौला र आवास नेपाललाई सम्मान पत्र र नगद सहित पुरस्कृत गरिएको थिए। कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ७४ करोड ४१ लाख १९ हजार ९ सय २२ रुपैयाँको कारोवार गरेको छ।

संस्थाको २३ औं बार्षिक साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक गंगा प्रसाद संग्रौला द्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ।संस्थाले गत आर्थिक बर्षमा कुल आम्दानी ९ करोड ७८ लाख ८१ हजार ५ सय ८७ गरेकोमा खर्च कटाएर १ करोड १८ लाख ६७ हजार ६ सय ७९ खुद बचत गरेको जानकारी गराएका थिए। शेयर पुँजी ६ करोड ६१ लाख ५१ हजार ३ सय रहेको संस्थामा जगेडा कोष ४ करोड ५७ लाख ३६ हजार ९ सय ८५ रहेको लेखा समिति संयोजक संग्रौलाले बताएका छन। संस्थाका अध्यक्ष मणि कुमार भण्डारीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। भण्डारी द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले सेयर सदस्यहरुका लागि दुरदृष्टि, ध्येय, लक्ष्य र उदेश्य, संस्था अवस्था, बचत तथा कर्जा परिचालन, बिमा, बैंक खाता संचालन,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका बिभिद कार्यक्रमहरुको बारेमा सेयर सदस्यहरुलाई जानकारी गराएको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख सुवास निरौलाले जानकारी गराएका थिए।

प्रधान कार्यलय दमकमा रहेको संस्थाले हाल सम्म डुडामारी, गौरादह, उर्लाबारी , पथरी शनिश्चरे, मिक्लाजुङ र कन्काईमा सेवा केन्द्र संचालनमा ल्याएको संस्थामा हाल सम्म ३ हजार १ सय ३९ जना सेयर सदस्यहरु रहेका छन।कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमक प्रमुख मुना के।शि।, सूर्यमुखी सहकारी संस्थाका अध्यक्ष चुडामणि ओझा लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष भरत चौलागाईंले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक निलकण्ठ निरौलाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया