Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

एजेन्सी, २७ भदौ २०८० । इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका बारण भएको ठूलो जनधनको क्षतिप्रति तीन दिने शोक घोषणा गरेको छ ।

मंगलबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलबार मोरक्को र लिबियामा भएको घटनाप्रति तीन दिने शोक मनाउने बताउनुभएको हो ।

सिसीले मोरक्कोमा भूकम्प र लिबियामा आएको आँधीबाट प्रभावितहरुप्रति समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले सशस्त्र सेनालाई दुवै देशमा मानवीय सहायता पठाउन निर्देशन दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया