Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौं, २७ भदौ २०८० । विश्वकप फुटबलको छनौट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । दक्षिण अमेरिकी समूह अन्तर्गत आज बिहान भएको छनोट खेलमा ब्राजिलले पेरुलाई १–० गोल अन्तरले हरायो । ब्राजिलको जितमा मार्कीनोजले अन्तिम मिनेटमा गरेको गोल निर्णायक थियो । आज बिहान भएको अर्को खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गर्‍यो ।

लियोनल मेस्सीबिनाको अर्जेन्टिनालाई विजयी गराउन इन्जो फर्नान्डेज, निकोलस टाग्लीयाफिको र निकोलस गोन्जालेजले एक एक गोल गरे । विश्वकप छनौटकै अर्को खेलमा इक्वेडरले उरुग्वेलाई २–१ ले हराउँदा भेनेजुएलाले पाराग्वेमाथि १–० को जित निकाल्यो । कोलम्बीया र चिलीले भने गोलरहित बराबरीमा चित्त बुझाए ।

 

तपाईको प्रतिक्रिया