Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, २६ भदौ २०८० । झापाको गौरादहमा आउँदै गरेको हरीतालिका तीजको अवसरमा प्रतियोगितात्मक तीज विशेष साथै सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । गौरादह नगरपालिका-२ स्थित विपी स्मृति भवनमा आज (मंगलवार) तीज विशेष कार्यक्रम गरिएको हो । नेपाल महिला संघ गौरादह नगर समितिको आयोजनामा गरिएको कार्यक्रममा तीज नृत्य प्रतियोगिता गरिएको थियो ।

सो अवसरमा आर्थिक रुपमा विपन्न महिला तथा असल बुहारीलाई सम्मान समेत गरिएको थियो । तीज नृत्य प्रतियोगितामा वडा नं. ७ प्रथम, वडा नं.२ द्वितिय, वडा नं. ६ तृतीय र वडा नं. ५ सान्त्वना भएको तीज नृत्य प्रतियोगिताका निर्णायक तारा कुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्णायक समूहमा श्रेष्ठ सहित निर्मला रिमाल र इन्दिरा पोखरेल रहनु भएको थियो ।

यस्तै, आर्थिक रुपमा विपन्न वर्गका वडा नं. १ कि मधुुमाया सुब्बा र दुखो ताजपुरीया, वडा नं.२ कि नन्दमाया र निरकुमारी भुजेल, वडा नं. ३ कि देविमाया कुँवर र विष्णुमाया थापा, वडा नं.४ कि इन्द्र कुमारी कार्की र जयन्ता दास, वडा नं.५ कि लिला खड्का विष्णुमाया अधिकारी र शोभा गिरी, वडा नं. ८ कि सुस्मा मण्डल र वडा नं. ९ कि सीता श्रेष्ठ र रागन हेमरमलाई सारी वितरण गरिएको थियो । यस्तैगरी, असल बुहारी सम्मानित हुनेमा वडा नं. १ कि शर्मिला निरौला (घिमिरे), वडा नं. २ कि महिला उद्यमी सविना राई, वडा नं.३ कि सवित्रा देवी दाहाल, वडा नं.४ कि पवित्रा देवी दाहाल, वडा नं.५ कि लिला खड्का अधिकारी, वडा नंं.६ कि राधिका देवी पराजुली, वडा नं.७ कि राजकुमारी राजवंशी, वडा नं.८ कि पुष्पा भण्डारी र वडा नं.९ कि सवित्रा खनाल पराजुली रहेका छन् । उनिहरुलाई कदर पत्रले सम्मान गरिएको नेपाल महिला संघ कि सचिव रेनु तिम्सीनाले जानकारी दिनुभयो । नेपाल महिला संघ गौरादह नगर समितिले त्यहाँ उपस्थित महिलाहरुका लागि दर खाने कार्यक्रम पनि गरेका थिए । कार्यक्रममा उपस्थित महिलाहरुका समूहले तीजको गीतमा नाचेर गाएर रमाइलो गरेका थिए ।

त्यस अवसरमा कार्यक्रम कि प्रमुख अतिथि संघकी केन्द्रीय सदस्य लक्ष्मी बाराकोटी प्रसाईले शुभकामना मन्तव्य राख्ने क्रममा सामाजिक परिवर्तन नगरेसम्म, सामाजिक वातावरणको सिर्जना नगरेसम्म जतिसुकै ऐन कानुन आएपनि महिलाहरुको समस्या समाधान नहुने भएको बताउनु भएको छ । हाम्रो धर्म, संस्कार संस्कृति जोगाउनका लागि तीज पर्वलाई प्राथमिकतामा राखेर वडा स्तरीय नृत्य प्रतियोगितकात्मक कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । अहिले समाजमा सासु बुहारी बीचको खाडल बढ्दै गइरहेको पाइएकोले आफ्नो कर्तव्यबाट नहटी आफ्नो कर्तव्यलाई पुरा गर्दै आइरहेका बुहारीहरुको त्यस अवस्थालाई मध्य नजर गर्दै असल बुहारी सम्मान गर्नुका साथै आर्थिक अवस्था विपन्न भएका महिलालाई पनि सम्मान गरिएको बताउनुभयो । यस्तै, तीज पर्व मनाइरहँदा मंगला देवी सिंहलाई सम्झदैं फुलमाला समेत अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा समिति कि सभापति उर्मिला कार्की, संविधान सभा सदस्य विश्वदिप लिंदेन, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, पूर्व नगर प्रमुख रोहित कुमार शाह लगायतको उपस्थिति रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया