Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दार्चुला, २५ भदौ २०८० । दार्चुलाको शैल्यसिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर नगरपालिका–२ रौतेउडा निवासी २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

आइतबार बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेलधुरा हिँडेका कपाडीको शव र मोटरसाइकल सोमबार ९आज० भेटिएको उहाँले बताउनुभयो । मोटरसाइकल सडकभन्दा १५० मिटर तल भेटिएको छ ।

मृतकको शव सडकबाट करिब दुई सय मिटर तल भेटिएको बताइएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया