Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

मोरङ, २४ भदौ २०८० । प्राणीशास्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका विराटनगरका अवकाश प्राप्त प्रा.डा. भरतराज सुब्बालाई ‘सोमप्रसाद निरौला प्राणी विज्ञान पुरस्कार’ शनिबार प्रदान गरेको छ ।

२० हजार राशिको उक्त पुरस्कार नेपाल जूलोजिकल सोसाइटी कोशीले शनिबार आयोजना गरेको दोस्रो प्राणीशास्त्रसम्बन्धी सम्मेलनको अवसरमा सुब्बालाई प्रदान गरेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सुब्बालाई फूलमाला अबिर लगाएर दोसल्ला ओढाइ कदरपत्र र पुरस्कार राशि हस्तान्तरण गरेका थिए ।

प्राणी विज्ञानको क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्न सोमप्रसाद निरौलाले नेपाल जूलोजिकल सोसाइटी कोशीसँग सम्झौता गरेर २ लाख १० हजारको अक्षयकोष स्थापना गरेका छन् ।

सोसाइटीले अवकाश प्राप्त भएका प्राणीशास्त्री विराटनगरकी मञ्जु साह र झापाको भद्रपुरकी डा. गीता श्रेष्ठलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

सम्मेलनमा चराविद् गणेश तामाङले घोँगी गरुडको जीउमा जिंक तत्वको प्राप्ति र त्यसको प्रभाव, असरबारे गरेको सोधसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रदेश प्रमुख खापुङले नेपाली समाजलाई प्राणी शास्त्रीको योगदान आवश्यक रहेको बताए ।

 

तपाईको प्रतिक्रिया