Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

ललितपुर, २४ भदौ २०८० । बीपी साहित्य महोत्सव शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो ।

महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । उहाँले दिनुभएका योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ ।

महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।

 

तपाईको प्रतिक्रिया