Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २४ भदौ २०८० । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पारस खड्कासहित ३ जनालाई प्रतिनिधि पठाउने निर्णय भएको छ ।

बागमती प्रदेश क्रिकेट संघको शनिबार बसेको बैठकले काठमाडौंका पारस खड्का, ललितपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधि पठाउने निर्णय गरेको हो ।

बैठकले बागमती प्रदेश क्रिकेट संघको क्रिकेट निर्देशकमा अनिल अधिकारीलाई नियुक्त गरेको छ भने महिला क्रिकेट संयोजकमा निरा राजोपाध्यायलाई नियुक्त गरेको छ ।

यस्तै, प्रादेशिक क्रिकेट सञ्चालनका लागि विभिन्न पाँच समिति पनि गठन गरेको छ । जसमध्ये आर्थिक समितिमा पारस खड्का, प्रसन्न शाक्य र संजोग पोखरेल रहेका छन् ।

प्राविधिक समितिमा बसन्तराज सत्याल संयोजक र सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बानियाँ, सुरज शाक्य र रिकेश लामा सदस्य रहेका छन् । विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठ र अरु तीन जना सदस्य छन् ।

कार्यक्रम समितिमा अजयवीर पाण्डे संयोजक, अनुजमान श्रेष्ठ, प्रेमबहादुर क्षेत्री, सञ्जय बस्नेत र सुजन महर्जन सदस्य छन् । खेलाडी छनोट समिति भने अर्को बोर्ड बैठकमा गठन गर्ने निर्णय छ ।

 

तपाईको प्रतिक्रिया