Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

शान्ति सुब्बा
झापा, २४ भदौ २०८० । झापामा ३ वर्ष यता ९ सय ९९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको आत्महत्या सम्बन्धि त्रि-वर्षिय तथ्याङ्क अनुसार ९ सय ९९ जनाले आत्महत्या गरेको जनाएको हो ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २ सय ८८ जना पुरुष र २५ जना महिला, २०७८/०७९ मा २ सय ८ पुरुष र ८३ महिला, २०७९/०८० मा १ सय ६४ पुरुष र १ सय २० महिला, २०८०/०८१ साउन १ देखि भदौ २४ गते सम्म २३ पुरुष र ८ महिलाले झुण्डिएर मात्रै आत्महत्या गरेका छन् । २०७७/०७८ मा ९ पुरुष र ८ महिला, २०७८/०७९ मा १३ पुरुष र ९ महिला, २०७९/०८० मा २१ पुरुष र ९ महिला, २०८०/०८१ साउन १ देखि भदौ २४ गते सम्म २ पुरुष र १ महिलाले विष खाएर आत्महत्या गरेका छन् । २०७९/०८० मा १ जना पुरुषले आगो लगाएर आत्महत्या गरेका छन् । २०७७/०७८ मा २ जना पुरुष, २०७८/०७९ मा १ पुरुष र २०७९/०८० मा १ पुरुषले हात हतियार औजार प्रयोग गरि(सिसा समेत) आत्महत्या गरेका छन् । २०७९/०८० मा १ जना पुरुषले गोली हानी आत्महत्या गरेका छन् । २०७७/०७८ मा २ जना पुरुषले धारिलो हतियारले घाटी रेटी हत्या आत्महत्या गरेका छन् ।

जसअन्तर्गत उमेर अनुसार आत्महत्या गर्नेको तथ्याङ्क अनुसार २०७७/०७८ मा १६ वर्ष मुनिका २४, २०७/र०७९ मा १५, २०७९/०८० मा २५ र २०८०र/८१ साउन १ देखि भदौ २४ गते सम्म १ जना रहेका छन् ।  १६-२५ बर्ष सम्मका  २०७७/०७८ मा ७०, २०७८/०७९  मा ८१, २०७९/०८० मा ८१ र २०८०/०८१ साउन १ देखि भदौ २४ गते सम्म ९ जना छन् । २६-३५ बर्ष सम्मका २०७७/०७८ मा ७५, २०७८/०७९ मा ५०, २०७९/०८० मा ६८ र २०८०/०८१ साउन १ देखि भदौ २४ गते सम्म ६ जना छन् । ३६-४५ बर्ष सम्मका २०७७/०७८ मा ५७, २०७८/०७९ मा ६३, २०७९/०८० मा ४८ र २०८०/०८१ साउन १ देखि भदौ २४ गते सम्म ४ जना रहेका छन् । ४६-६० बर्ष सम्मका २०७७/२०७८ मा ५९, २०७८/०७९ मा ६०, २०७९/०८० मा ५१ र २०८०/०८१ साउन १ देखि भदौ २४ गते सम्म १० जना रहेका छन् । ६० बर्ष माथिका २०७७/०७८ मा ३९, २०७८/०७९ मा ४५, २०७९/०८० मा ४४ र २०८०/०८१ साउन १ देखि भदौ २४ गते सम्म ४ जना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

यस्तै, आत्महत्या गर्ने बिदेशी तथा स्वदेशी नागरिकहरुको तथ्याङ्क अनुसार २०७७/०७८ मा ९० महिला र २१० पुरुष, २४ बालिका र ८ बालक, २०७८/०७९ मा ७४ महिला र २१५ पुरुष, १८ बालिका र ६ बालक, २०७९/०८० मा १०४ महिला र १६६ पुरुष, २२ बलिका र १५ बालक स्वदेशी नागरिकहरुले आत्महत्या गरेका छन् । यस्तै, विदेशी नागरिकहरुमा २०७७/०७८ मा १ महिला १ पुरुष, २०७८/०७९ मा १ पुरुष, २०७९/०८० मा २ महिला र ७ पुरुष, १ बालिकाले आत्महत्या गरेको जनाइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया