Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि  खड्का
गौरादह, २१ भदौ २०८० । कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ७४ करोड ४१ लाख १९ हजार ९ सय २२ रुपैयाँको कारोवार गरेको छ। संस्थाको २३ औं बार्षिक साधारणसभा अन्तर्गत गौरादह सेवा केन्द्रको ईकाइगत साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक गंगा प्रसाद संग्रौला द्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ।

संस्थाले गत आर्थिक बर्षमा कुल आम्दानी ९ करोड ७८ लाख ८१ हजार ५ सय ८७ गरेकोमा खर्च कटाएर १ करोड १८ लाख ६७ हजार ६ सय ७९ खुद बचत गरेको जानकारी गराएका थिए। शेयर पुँजी ६ करोड ६१ लाख ५१ हजार ३ सय रहेको संस्थामा जगेडा कोष ४ करोड ५७ लाख ३६ हजार ९ सय ८५ रहेको लेखा समिति संयोजक संग्रौलाले बताएका छन।गौरादह ईकाइगत साधारणसभामा संस्थाका अध्यक्ष मणि कुमार भण्डारीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। भण्डारी द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले सेयर सदस्यहरुका लागि दुरदृष्टि, ध्येय, लक्ष्य र उदेश्य, संस्था अवस्था, बचत तथा कर्जा परिचालन, बिमा, बैंक खाता संचालन,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका बिभिद कार्यक्रमहरुको बारेमा सेयर सदस्यहरुलाई जानकारी गराएको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख सुवास निरौलाले जानकारी गराएका थिए।

प्रधान कार्यलय दमकमा रहेको संस्थाले हाल सम्म डुडामारी, गौरादह, उर्लाबारी , पथरी शनिश्चरे, मिक्लाजुङ र कन्काईमा सेवा केन्द्र संचालनमा ल्याएको संस्थामा हाल सम्म ३ हजार १ सय ३९ जना सेयर सदस्यहरु रहेका छन।गौरादह सेवा केन्द्रमा भएको ईकाइगत साधारणसभामा कार्यक्रमकि प्रमुख अतिथि तथा गौरादह नगरपालिका उप मेयर जलबर्षा राजवंशीले साधारणसभाको उद्घाटन गरेकी थिइन। उद्घाटन गर्दै प्रमुख अतिथि राजवंशीले गौरादह क्षेत्रमा सहकारी संस्थाहरु संचालनमा आए सँगै यस क्षेत्रमाका स्थानीय बासिन्दाको जीवन स्तर उक्सिएको बताएकी थिइन। गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष भरत चौलागाईंले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक निलकन्ठ निरौलाले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया