Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

एजेन्सी, २० भदौ २०८० । ब्राजिलमा केही दिनदेखि जारी भारी वर्षाका बीच आएको आँधीबाट हालसम्म २१ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलका बिभिन्न शहरमा आँधीमा परि दर्जनौं घाइते भएका छन् । एक सातादेखि जारी वर्षा पछि आएको आँधीले सयौं घरहरुमा क्षति पुर्याएको छ । ब्रालिजको दक्षिणी क्षेत्रमा रहेको आलम प्रान्तका अधिकांश मानिस घरको छतमा थुनिएका छन् ।
उनीहरुको उद्धार कार्य जारी छ ।

आँधी प्रभावितलाई सुरक्षित स्थानमा सारिए पनि पीडितलाई उचित राहतको व्यवस्था गर्न ब्राजिल सरकारलाई कठिनाइ भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले संघीय सरकारलाई सहयोग गर्न अपील जारी गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया