Online Bichar
सोमबार, आषाढ ११, २०८१ | Monday, June 24, 2024

काठमाडौं, २० भदौ २०८० । महिला टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको आज हुने भनिएको नेपाल र युएईबीचको खेल रद्द भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा तय भएको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् । समूहका दुई टोली नेपाल र युएईको समान ९ अंक भएपछि नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह विजेता बन्दा नेपाल उपविजेतामा सीमित भयो । सेमिफाइनलमा नेपालले अब समूह ‘बी’ को विजेतासँग खेल्दा युएईको भिडन्त समूह ‘बी’ को उपविजेतासँग हुनेछ । समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् ।

समूहको अन्तिम खेलपूर्व हङकङ ६ अंकसहित शीर्ष स्थानमा छ भने ५ अंक जोडेको थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने महिला टी–ट्वेन्टी क्रिकेटको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

 

तपाईको प्रतिक्रिया