Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २० भदौ २०८० । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेड वृद्धिको पूरक परीक्षाको मिति तीन दिन पर सारेको छ ।

आगामी असोज ६ र ७ गतेका लाग तय गरिएको पूरक परीक्षा असोज ९ र १० गते लिने निर्णय वोर्डले गरेको हो । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा लिइने छ । यस्तै असोज १० गते अनुत्तीर्ण भएको दोस्रो विषयको परीक्षा लिइने वोर्डले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

कक्षा १२ को परीक्षामा बढीमा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेड वृद्धिको मौका परिक्षा दिने ब्यवस्था रहेको छ

तपाईको प्रतिक्रिया