Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २० भदौ २०८० । झापा दमकका डा.प्रज्वल कोइराला वेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भदौ १० गतेबाट बेपत्ता भएका दमक-१ का डा. कोइराला मंगलबार(हिंजो) मृत अवस्थामा फेला परेका हुन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले लाश देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आउनु भएका सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिनु भयो । रोक्काका अनुसार साढे ४ बजे तिर खबर आए पछि विपद व्यवस्थापनमा खटिने टोली लगेर लाश ल्याउँदा ६ बजेको थियो ।

लाश धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ । डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिड्नु भएको थियो । वेपत्ता भएको भोलि पल्ट भदौ ११ गते भने उहाँको सवारी साधन चतराको पुलपारी विहान फेला परेको थियो ।

गाडी राखेको क्षेत्रमा लगाइएको सिसि क्यामेरा फुटेजमा उहाँ चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्छ । आफ्नो मोबाइल, जुत्ता उहाँले गाडी र पुलमा नै छाडेका थिए । प्रहरी श्रोतका अनुसार अन्तिम समयमा उहाँका प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा दूईजनाबीच प्रेम भएको समेत पाईएको छ ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ बर्षीय डा. कोइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा लामो समय काम गर्नु भएको थियो । सीसिफुटेज, मोवाइल कल डिटेल्स र ति युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो । तर फेला परेको लाश कसको हो भन्ने विषयमा आफन्तलाइ पहिचानका लागि खबर गरिएको थियो । यता मृतकका बुवा दिवाकर कोइराला सहित दमक नगरपालिका वडा नं. १ का अध्यक्ष हरिप्रसाद न्यौपाने सहित जानु भएको टोली पहिचान गर्दा भेटिएको लाश डा. कोइरालाकै भएको अध्यक्ष न्यौपानेले बताउनु भयो । लाश आज घर ल्याउने तयारी गरेको बताइएको छ ।सारासन्देशबाट

 

तपाईको प्रतिक्रिया