Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १८ भदौ २०८० । एसिया कप क्रिकेटमा आज नेपाल र भारबीचको क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको राजधानी क्यान्डीस्थित पालेकेले रंगशालामा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।

यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश गर्नेछ । यो समूहबाट दुई खेलमा ३ अंक जोड्दै पाकिस्तान यसअघिनैं शिर्ष चारमा पुगिसकेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो भने भारतसँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अंक बाँडेको थियो ।

नेपाल र भारतका सिनियर क्रिकेट टोलीबीच पहिलो पटक एक दिवसिय क्रिकेट भएको हो । भारत बिरुद्धको खेलमा नेपाली टोलीले एक खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा आज भीम सार्कीले मौका पाएका छन् । वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहीन छ ।

 

तपाईको प्रतिक्रिया