Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौं, १६ भदौ २०८० । एसिया कप क्रिकेटको जारी खेलमा भारतले पाकिस्तानलाई जितका लागि २ सय ६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।

एक समय १४.१ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए ।

किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए ।

जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४र१४ रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३र३ विकेट लिए ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ ।

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ ।

नेपालले आफ्नो दोस्रो खेलमा आगामी सोमबार भारतसँग खेल्दैछ ।

 

तपाईको प्रतिक्रिया