Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ भदौ २०८० । बझाङमा विषालु च्याउ खाँदा एकै परिवारमा दुई जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ नौराका १२ बर्षिय सुदीप कठायत र उनकी ७ वर्षीय बैनी एन्जिला कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी भएकी एन्जिलाको हिजो बिहान र सुदीपको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुकी आमाको अस्पतालमा उपचार भईरहेको जनाइएको छ । परिवारमा पाँच जना रहेकोमा घर बाहिर भएका कारण बाबु र एक छोरी भने सकुशल रहेका छन् ।

 

तपाईको प्रतिक्रिया