Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १३ भदौ २०८० । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा गुडिरहेको स्कार्पियो जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बुटवल जादै गरेको स्कार्पियोमाथि पहिरो खसेको थियो । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । लु १ ज ४६०० नम्बरको रूरू रेसुङ्गा यातायात प्रालिको स्कार्पियो उकालोमा गुडिरहेका बेला विहान करीव सवा ८ बजेको समयमा पहिरो खसेको थियो । घाइतेको उपचारको लागि तानसेनस्थित मिशन अस्पताल लगिएको छ ।

स्कार्पियोका चालक बालकृष्ण श्रेष्ठ भने सकुशल रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई जना पुरूष र एक महिला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया