Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

धनगढी, ११ भदौ २०८० । दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले वृद्धा घर नजिकै मृत अवस्थामा भेटिएको जानकारी दिए ।

प्रहरीकाअनुसार चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ । छिमेकीका अनुसार उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने कहिले कहीँ नाती आउन गरेका थिए ।

तपाईको प्रतिक्रिया