Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

जेबि खड्का

गौरादह, १० भदौ २०८० । गौरादह नगरपालिका वडा नं.२ ले वडा भित्र बसोबास गरेका दलित,गरिब तथा विपन्न परिवारका छोराछोरीहरुलाई विद्यालय शिक्षामा सहजताको अवधारणा अघि सारेको छ। सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा विद्यार्थी संख्या बढाउन र शैक्षिक गुणस्तर वृद्धि गरेर सामुदायिक विद्यालयको स्तर उकास्न वडा नं.२ को वडा कार्यलय लागिपरेको छ। आर्थिक संकटका कारण गरिब तथा विपन्न परिवारका छोराछोरीहरु विद्यालय शिक्षाबाट वन्चित हुन नदिन वडाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र अनुदानको ब्यबस्था गरेको छ।

आर्थिक बर्ष २०८०/०८१ का लागि वडाले बिनियोजन गरेको वडा स्तरीय योजनामा बिपन्न परिवारका छोराछोरीहरुलाई बिद्यालय स्तरमा शैक्षिक सामग्री बितरण र प्राबिधिक शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई अनुदानको ब्यबस्था गरेको छ। नगरपालिकाबाट वडा सिलिङ बजेटमा कमी भएपनि बिकास निर्माणमा कमी नहुने वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईराला बताउँछन् । यस आर्थिक बर्षमा वडा नं. २ का लागि वडा सिलिङ बजेट ४८ लाख ७१ हजार ६९ रुपैयाँ रहेको वडाध्यक्ष कोईरालाले बताएका छन। वडा नं २ भित्र माध्यमिक र आधारभूत बिद्यालय १/१ वटा रहेकाले २ वटा बिद्यालयमा रहेका बिपन्न परिवारका छोराछोरीलाई शिक्षाबाट बन्चित हुन नदिने वडाध्यक्ष कोईरालाको भनाइ छ। सिलिङ बजेट कमी भएपनि शिक्षामा शैक्षिक सामाग्री बितरण र अनुदानका लागि १ लाख ५० हजार बिनियोजन गरेको कोईरालाले बताएका छन। वडा भित्र बसोबास गरेका गरिब दलित तथा बिपन्न परिवारलाई शुद्ध खानेपानीबाट बन्चित हुन नदिन खानेपानी मिटरमा अनुदानका लागि बजेट बिनियोजन गरेको छ।

वडा भित्र रहेका टोल बिकास संस्थाको सिफारिसमा बिपन्न परिवारलाई शुद्ध खानेपानीका लागि मिटरमा अनुदानका दिन ५० हजार रुपैया बिनियोजन गरिएको छ। वडा भित्र रहेका बिपन्न परिवारहरु रहेका सुकुम्बासी बस्तीमा वडा कार्यलयले सौचालय निर्माण गरिदिने भएको छ।सुकुम्बासी बस्तीमा सुरक्षित सौचालय निर्माणका लागि वडा ले १ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। वडा भित्र रहेका अधिकांश नागरिक कृषि पेशामा आश्रित रहेकाले किसानहरुका लागि विभिन्न शिर्षकमा ८ लाख २८ हजार ५४ रुपैयाँ बजेट बिनियोजन गरेको छ। वडा कार्यलयले पशु बिमा तथा ए।आई। कृषि औजार तथा उपकरण, उन्नत जातको बिऊ, कुटि काट्ने मेसिन र बेमौसमी तरकारी खेती गर्ने किसानका लागि टनेल बितरण गर्न बजेट बिनियोजन गरेको छ। किसानलाई बितरण गरिने सामग्रीमा अपनत्व गराउन यस आर्थिक बर्षमा बितरण गरिने सामग्री साझेदारीमा बितरण गरिने वडा सदस्य शंकर कट्टेलले जानकारी गराएका छन।

बिपन्न परिवारलाई साझेदारीमा स्वास्थ्य बिमा, जेष्ठ नागरिक, युवा, महिला र दलित लक्षित कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ।वडा भित्र बिकास निर्माणका लागि भौतिक पुर्वाधार, वन वातावरण तथा विपद ब्यबस्थापन, सुशासन तथा सामाजिक सेवा प्रवाह र क्षमता बिकास र मर्मत सम्भार लगायतका क्षेत्रमा बजेट बिनियोजन गरिएको वडा सदस्य बिमला बाँस्तोलाले जानकारी गराएकी छन।वडा स्तरीय योजनाका बजेट अपुग हुने बिकास निर्माणका काममा नगर स्तरीय योजनाबाट सम्पन्न गरिने वडा सदस्य अम्बिका बर्देवाले जानकारी गराईन।

तपाईको प्रतिक्रिया