Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

काठमाडौं, ८ भदौ २०८० । स्वास्थ्य बीमा बोर्डले झापाको लाइफलाइन हस्पिटल र बिएण्डसी सहित २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । स्वास्थ्य बीमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।

बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया