Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

गौरादह, २४ साउन २०८० । झापाको गौरादहमा नेपाल महिला संघको स्थापना दिवसका अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल महिला संघ गौरादह वडा न ४ र ५ को संयुक्त आयोजनामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

स्थापना दिवसका अवसरमा गौरादह-५ मा अवस्थित स्कुलचौंन सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य लक्ष्मी बार्हकोटी प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बार्हकोटी प्रसाईंले आन्दोलनमा महिलाले निर्वाह गरेको भूमिकालाई बिर्सन नसकिने बताइन । उनले महिला कमजोर नरहेको भन्दै हिम्मतका साथ अघि बढ्न आग्रह गरिन् । उनले नेपाल महिला संघले महिला सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको प्रष्ट पारिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाई, नेपाली कांग्रेस झापा क्षेत्र न ५ का सभापति ढुन्डीराज भण्डारी, नेपाल महिला संघ क्षेत्रीय सभापति भीमा उप्रेती, जिल्ला सदस्य इन्दिरा पोखरेल, गौरादह नगर सभापति गोपाल कोइराला, गौरादह ५ का वडा सभापति ताराकुमार श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

त्यस अवसरमा महिला संघमा योगदान गर्ने १०४ वर्षीय मनमाया ढकाल सहित अन्य तीनजनालाई सम्मान गरिएको थियो ।

महिला संघकी गौरादह नगर अध्यक्ष उर्मिला कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा  संघकी गौरादह वडा न. ४ सभापति गोमा घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन झापा जिल्ला सदस्य नमिता पामुले गरेकी थिईन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया