Online Bichar
सोमबार, भाद्र २४, २०८१ | Monday, September 9, 2024

झापा, २१ साउन २०८० । झापाको दमकमा बिना ईजाजात अवैध औषधीहरु बिक्री बितरण गर्ने ३ जना मानिसलाई स्कुटर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका वडा नं. ७ का २६ वर्षीय दीपेश खड्का, वडा नं. ६ निवासी ३३ वर्षीय रोशनकुमार शाह र इलाम जिल्ला साबिक दानाबारी गाविस-७ घर भई हाल दमक वडा नं. ८ का २६ वर्षीय संजिव सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

दमक नगरपालिका वडा नं. ७ स्थित पशु हाटमा बिना ईजाजात धेरै परिमाणमा औषधिहरू बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका अन्दाजी ७ बजेको समयमा उनीहरूलाई औषधि सहित पक्राउ गरेको थियो ।

प्रहरीले चेकजाच गर्दा उनीहरूको साथबाट Tramadol Hydrochloride capsul IP ८ हजार ५ सय ६० पिस क्यापसुल, Spaspain Tablets ७ हजार पिस औषधि बरामद गरेको जनाइएको छ । प्रहरीले उनीहरूले प्रयोग गरेको प्र १-०१-०१२ प ८५३५ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको आइतबार औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाइएको प्रवक्ता रिजालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया