झापा, २० साउन २०८० । झापामा डेंगु रोगको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डेंगु सङ्क्रमणबाट बिर्तामोड नगरपालिका( ५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको शनिबार साँझ उपचारको क्रममा मृत्यु भएको हो ।
बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा राखेर उनको केही दिनदेखि उपचार भइरहेको थियो । योसँगै साउनयता डेंगु सङ्क्रमणबाट बिर्तामोडमा मात्रै दुई जनाको मृत्यु भइसकेको छ ।
साउनको पहिलो साता बिर्तामोड नगरपालिका– ५ की ४४ वर्षीया मदिना खातुनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । डेंगु पुष्टि भएको भोलिपल्ट उनको घरमै मृत्यु भएको परिवारले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले दुई दिनअघि निकालेको तथ्याङ्कमा जिल्लामा २३८ जना डेंग ुसंक्रमित पुगेको जनाएको छ । तर, बिर्तामोडकै अस्पतालहरूमा सयभन्दा बढी डेंगु संक्रमित उपचार गराइसकेका छन् ।