Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दोलखा, १९ साउन २०८० । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए ।

यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए ।

दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भएको छ । घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया