Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

गौरादह, १७ साउन २०८० । झापाको गौरादह नगरपालिकाले पशु चौपायामा महामारीको रुपमा देखिएको लम्पी स्किन रोग विरुद्ध सक्रियता देखाएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशुपन्छी सेवा शाखाले बुधबार(आज) ९ वटै वडामा लम्पी स्किन रोग विरुद्धको खोप संचालन सम्बन्धि सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

लम्पी स्किन रोग विरुद्धको खोप लगाउन पशु सेवा कार्यालयका कर्मचारीहरु गाउँ गाउँमा आउने भएको भन्दै आफुले पालेका गाई वस्तुलाई खोप लगाउन सहयोग गरिदिन वडा नं.१ का वडाध्यक्ष तथा प्रवक्ता नगेन्द्र भण्डारीले अनुरोध गर्नुभएको छ । लम्पी स्किन रोगबाट थप पशु संक्रमित हुन नदिन घरमा पालिएका सबै गाई वस्तुहरुलाई घरमै आएर निःशुल्क  खोप लगाइने जनाइएको छ । वडा नं.१ मा साउन १८ र १९ गते, वडा नं.२ मा २१ र २२ गते, वडा नं.३ मा २३ र २४ गते, वडा नं.४ मा २५ र २६ गते, वडा नं.५ मा २८ र २९ गते, वडा नं.६ मा ३० र ३१ गते, वडा नं.७ मा ३२ र भदौ १ गते, वडा नं.८ मा भदौ ३ र ४ गते र वडा नं.९ मा भदौ ५,६ र ७ गते पशुहरुमा लम्पी स्किन विरुद्धको खोप संचालन हुने जनाइएको छ । खोप लगाउने समय बिहान ८ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म तोकिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया