सुनसरी, १० साउन २०८० । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।
मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।
धरानमा डेंगु रोगको संक्रमणले महामारीको रुप लिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु अस्पताल संचालनमा ल्याएर उपचार सुरु गरेको छ ।
प्रतिष्ठानले डेंगु संक्रमित बिरामीको उपचार सशुःल्क र परीक्षण भने निःशुल्क गरेको जनाएको छ ।ईमेजखबरबाट