Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ९ साउन २०८० । झापामा डेंगु रोगको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–५ निवासी ४४ वर्षीया मदिना खातुनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । डेंगु पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारजनले बताए । यस वर्ष पहिलोपटक जिल्लामा डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो ।

ज्वरो आउने, हातखुट्टा दुख्नेजस्ता समस्या भएपछि उनलाई बुधवार बालाजी फर्मामा परीक्षण गरिएको थियो । चिकित्सकले डेंगु भएको र औषधि खाँदै आराम गर्नु भन्ने सल्लाह दिएपछि घरमा ल्याएर राखिएकोमा बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको मृतकका छोरा मिराज आलमले जानकारी दिए । त्यस विषयमा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी प्राप्त नभएको बताएको छ ।

तपाईको प्रतिक्रिया