Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

झापा, ९ साउन २०८० । पाँचथरको फिदिम बजार नजिकै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान १ बजेर ४५ मिनेट जाँदा फिदिम–२ ओदिनमा भएको दुर्घटनामा झापाको विर्तामोड नगरपालिका-८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो ।

अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम-२ ओदिन नजिकै दुर्घटनामा परेको थियो । मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए । उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो ।

मोटरसाइकलमा उनी सामदिनदेखि फिदिमतर्फ आँउदै गर्दा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले बताए ।

अगाडिको मोटरसाइकलमा रहेका उनकै सहकर्मीले दुर्घटनाका विषयमा प्रहरीलाई जानकारी गराए लगत्तै उद्वार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया