Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, ८ साउन २०८० । खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय गरिएको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हुँदा विद्युत्त लाइन बिस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई निलम्बनको निर्णय गरिएको गृह प्रवक्ता शर्माले बताए । खतिवडा असार तेस्रो साता प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर खोटाङ गएका थिए ।

प्रमुख जिल्ला अधिकारी निलम्बनमा परेसँगै सहायक प्रमुख जिल्ला अधिकारी पवित्र शाहले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन ।

 

तपाईको प्रतिक्रिया